सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

विराटनगर, २४ कात्तिक । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व […]

प्याराग्लाइडिङको परीक्षण उडान

बागलुङ, २४ कात्तिक । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि […]

घुम्ती शिविरबाट २१२ लाई नागरिकता

दमौली, २४ कात्तिक । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला […]

प्रमुख भन्सार नाकाहरुमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिदै

काठमाडौं, २४ कार्तिक । सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो। विभागका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछन्। विभागकी […]

भरुवा बन्दुकसहित चार जना पक्राउ

बलेवा, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो । उनीहरूको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र […]

सर्वपक्षीय बैठकपछि उत्साहित प्रधानमन्त्रीले भने, राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल गर्छु

काठमाडौँ, २३ कात्तिक । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरू सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी […]

प्रधानमन्त्रीको टोली असफल भएको भन्दै सचिवालयका सबैलाइ राजिनामा दिन प्रम ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा ठूलो समस्या सुरू भएको छ । पटक पटक समस्या देखिन थालेपछि प्रम ओलीले आफ्नो सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन दिएका छन । प्रधानमन्त्रीले सचिवालय सुधार गर्नका लागि अभियान थालेको बताइएको छ । स्रोतका अनुसार प्रमले राजिनामा दिन भनेपछि केही सचिवालयका सदस्यले राजिनामा पनि दिएका छन । प्रम […]

१९ महिनामा शिक्षामन्त्रीले ३६ काम गरेको किन गरे यस्तो दावी

काठमाडौँ, २२ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको अवधिमा आफूले गरेका ३६ बुँदे कामको विवरण उल्लेख गरेका छन् । विवरणमा ५९१ स्थानीय तहमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । “प्राविधिक तथा व्यावसायिक शिक्षाको […]

भेरी बबईमा शेयर बाँडफाँटको टुङ्गो

सुर्खेत, २२ कात्तिक । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्का लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र […]

सुदूरपश्चिमकै नमूना बन्दै जोरायलको न्यायिक समिति

डोटी, २२ कात्तिक । डोटीको जोरायल गाउँपालिका–३ अल्याडीका नरेशबहादुर थापा र श्रीमती गोमती थापाबीच मिल्न नसकेको घर झगडा गाउँपालिकाको स्थानीय न्यायिक समितिसमक्ष पुग्यो । घरमा श्रीमान्ले कुटपिट र गालीगलौज गरिरहने भएपछि दुई छोराकी आमा गोमतीको आग्रहमा माइती र घरपक्षसँग छलफल गर्दा पनि सहमति नजुटेपछि यो विवाद न्यायिक समितिमा पुगेको हो । विवाद निरूपणका लागि श्रीमती […]