नेपाली लेन्सको माग विश्वमा बढ्दो

काठमाडाैं, २६ बैशाख । तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो । मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो […]

सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो

काठमाडौं, २४ बैसाख । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए । सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले […]

सुनको मूल्यफेरी बढ्यो, आज तोलाको कति ?

काठमाडौं, २४ बैसाख । सोमबार सुनको मूल्य प्रतितोला ५९ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महँगो भई ५९ हजार कायम भएको हो। विगत चार दिनमा सुनको मूल्य ७ सय रुपैयाँले महँगिएको छ। यसअघि गत बिहीबार ५८ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा ७६५ […]

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

काठमाडौं, २३ बैसाख ।  भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । भारतले पाटनको नापीचन्द्र […]

अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

काठमाडौं, २३ बैसाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन […]

अन्ततः यातायात व्यवसायीको बन्द फिर्ता

काठमाडौं, २२ बैसाख । सिन्डिकेटको पक्षमा उभिएर यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले बन्द फिर्ता लिएको। महासंघले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् । सिन्डिकेट हटाउन नहुने […]

वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन

काठमाडौं, २१ बैसाख । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै […]

डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने

काठमाडौं, २१ बैसाख । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो । भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् । जसअनुसार आगामी एक […]

देशैभर सार्वजनिक यातायात ठप्प, ट्याक्सी र ई–रिक्साको यस्तो मनपरि, यात्रु अलपत्र

काठमाडौं, २१ बैसाख । सिण्डिकेटधारी यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनका कारण काठमाडौं लगायत देशभारको जनजीवन प्रभावित बनेको छ ।  शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । प्रदेश ५ को […]

३२ हजार कर्मचारी घरका न घाटका

काठमाडौं, २० बैसाख । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको […]