अक्षकुमारसँग मस्त नागिन नायिका

काठमाडौं, २९ माघ । टेलिभिजनकी चर्चित अभिनेत्री मौनी राय अक्षयकुमारका साथ गोल्ड फिल्मबाट बलिउडमा पाइला राख्दै छिन् । उनी आफ्नो डेब्यु फिल्मप्रति निकै उत्साही छिन् ।

पत्रकारले उनलाई गोल्डमा उनको भूमिकाबारे सोध्ने गरेका छन् । तर, उनले फिल्मको डबिङ सुरु नभइसकेकाले आफूले कस्तो अभिनय गरेँ भन्ने समेत भेउ नपाएको बताउने गरेकी छिन् ।

‘अहिलेसम्म फिल्मको डबिङ सुरु भएको छैन । त्यसैले मैले कस्तो अभिनय गरेँ भनेर हेर्न पनि पाएकी छैन,’ उनी भन्छिन्, ‘म यतिचाहिँ भन्न सक्छु कि गोल्डमा मैले बंगाली महिलाको भूमिका निर्वाह गरेकी छु ।’

टिभी सो नागिनबाट चर्चामा आएकी मौनी गोल्डको कथाबाट आफू निकै प्रभावित भएको बताउँछिन् । ‘मलाई अलि फरक विषय मनपर्छ,’ उनी भन्छिन्, ‘नागिन पनि बेग्लै विषयमा थियो । गोल्डको कथा पनि विशेष छ । त्यसैले मलाई यो फिल्मप्रति अति भरोसा छ ।’

Loading...