सन्दिपको कप्तानीमा विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २९ असार । सन्दिप लामिछानेकाे कप्तानीमा नेपालले विश्वकप क्रिकेटकाे छनाेट खेलका लागि नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । सन् २०१८ मा न्युजिल्याण्डमा हुने उन्नाइस वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताका लागि नयाँ टिम घाेषणा गरिएकाे हाे ।

नेपालका लागि १४ खेलाडीको सूची सार्वजनिक गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको छनौट समितिले नेपाली खेलाडीहरुको सूचि सार्वजनिक गरेको हो । समितिमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र उन्नाइस वर्ष मुनिीका टोलीका प्रशिक्षक बिनोद कुमार दास पनि रहेका थिए ।

नेपाली टोली यही असार ३१ गते सिंगापुर प्रस्थान गर्दैछ । नेपालले अफगानिस्तान, सिंगापुर र मलेसियासँग विश्वकप प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछ ।
नेपाली टोलीमा पर्न सफल खेलाडी
१. सन्दिप लामिछाने (कप्तान)
२. दिपेन्द्र सिंह ऐरी
३. मोहम्मद असिफ शेख
४ं सन्दिप सुनार
५. प्रकाश केसी
६.अनिल कुमार साह
७. पवन सर्राफ
८. रोहित कुमार पौडेल
९. ललित नारायण राजवंशी
१०.प्रनित थापा मगर
११. अदिल खान
१२.किशोर महतो
१३. रिजन ढकाल
१४. शहाब आलम
वैकल्पिक खेलाडी
१. सन्दिप जोरा
२. विक्रम कुमार भुसाल
३. रसिद खान
४. सुशान्त सिंह थापा

Loading...