मोहन वैद्य, नयाँ शक्ति र विववेकशीलको प्रत्यक्षमा शर्मनाक पराजय (तीन पार्टीका सबै प्रत्यक्ष उम्मदवारको मत सूची हेर्नुहोस)

सात जना पत्रकारलार्इ उम्मेदवार बनाएका बैद्यका कोही उम्मेदवारले पनि ८०० भोट कटाउन सकेनन

काठमाडौं, ४ पुस । चुनावकाे क्रान्तिकारी उपयाेग गर्नेभन्दै निर्वाचनमा हाेमिएकाे माेहन बैद्य किरणकाे पार्टी नेकपा (क्रान्तिकारी माअाेवादी) ले शर्मनाक मत प्राप्त गरेकाे छ । त्यसैगरी वैकल्पिक राजनीतिक धार निर्माण गर्ने भन्दै निकै ठूलाे तामझामका साथ नयाँ पार्टी खाेलेका बाबुराम भट्टरार्इकाे नयाँ शक्तिदेखि रविन्द्र मिश्रकाे विवेकशिल साझा पार्टीले पनि प्रत्यक्षमा असाध्यै कम मत प्राप्त गरेका छन् ।

यी दलले यति न्यून मत पाएका छन कि अधिकांश उम्मेदवारले एक सय मत पनि कटाउन सकेका छैनन । माेहन वैद्यकाे पार्टीबाट कुनै पनि उम्मेदवारले ८ सय मत पनि पुर्याउन सकेका छैनन । नयाँ शक्तिबाट बाबुराम भट्टरार्इले कांग्रेसकाे सहयाेगमा चुनाव जिते भने अरु कुनै पनि उम्मेदवारले जित्न सकेनन् । त्यसैगरी विवेकशील साझा पार्टीबाट पनि कसैले पनि चुनाव जित्न सकेनन् । साे पार्टीका संयाेजक रविन्द्र मिश्र थाेरै मत अन्तरमा पराजित भए तर बाँकी काेही पनि उम्मेदवार प्रतिस्पर्धा त के हजार भाेट पनि कटाउन सकेनन् ।

चुनावकाे क्रान्तिकारी उपयाेग गर्ने घाेषणा गरेकाे माेहन वैद्यकाे क्रान्तिकारी माअाेवादी ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ का नाममा चुनाव लडेकाे थियाे । राेचक त याे छ कि साे पार्टीले यसपटककाे चुनावमा सात जना पत्रकारलार्इ प्रतिनिधि सभामा विभिन्न जिल्लाबाट उम्मेदवार बनाएकाे थियाे । उक्त पार्टीकाे पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघका पूर्व अध्यक्ष कुमार शाहसहितका सात जना पत्रकारले पनि अत्यन्तै न्यून मत पाएका छन् । रोल्पा १ बाट चुनाव लडेका कुमार शाहले जम्मा २८६ मत पाएका छन् ।

त्यसैगरी साेही पार्टीका अर्का पुराना पत्रकार हिरामणी पाैडेल (दुखी) दाङ ३ नम्बरबाट उठेर जम्मा १५४ मत पाएका छन् । त्यसैगरी बर्दिया १ बाट उठेका पत्रकार लाेकराज जैसीले ७० मत, नवलपरासीबाट उठेका पत्रकार नारायण प्रसाद पंगेनीले ६९ मत, गुल्मी १ बाट उठेका पत्रकार केशव अधिकारीले ९७ मत, दाेलखा १ बाट उठेका पत्रकार गाेविन्द काफ्लेले १६३ मत र सुर्खेत २ बाट उठेका पत्रकार षडानन्द लामिछानेले ७७ मत पाएका छन् ।

अरु बाँकी साना दल सबैले प्रत्यक्षमा लज्जाजनक मत पाएका छन् । केही दलहरुले त प्रत्यक्षमा उम्मेदवार नै उठाएका थिएनन् । केही दलले समानुपातिक निर्वाचन प्रणालीमा मात्र सहभागी भएका थिए । समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगमा ४९ वटा दल दर्ता भएका थिए । त्यसमध्ये पाँच वटा दलले थ्रेसहाेल्ड (खसेकाे कूल सदर मतकाे ३ प्रतिशत) कटाए । तर, केही दलले देशभरि गरेर १५ सय मत पनि कटाउन सकेका छैनन । दर्ता भएका दलमध्ये २० वटाले त एक हजार मत पनि कटाउन सकेका छैनन ।

एमालेले जम्मा प्रतिशतका आधारमा ३३ दशमलव २५ प्रतिशत मत ल्याउदा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । कांग्रेसले ल्याएको मत प्रतिशतमा ढाल्दा ३२ दशमलव ७८ प्रतिशत हुन्छ । त्यसैगरी माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत छ । उसको प्रतिशतमा परिवर्तन गर्दा १३ दशमलव ६६ प्रतिशत हुन आउँछ । त्यसैगरी राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ, उसले जम्मा मतको ४ दशमलव ९५ प्रतिशत हुन्छ ।

त्यसैगरी संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत ल्याएको छ । यो पार्टीले ल्याएको मत प्रतिशतमा लैजाँदा ४दशमलव ९३ प्रतिशत हुन्छ ।

त्यस्तै विवेकशील पार्टीले २१२३६६ मत ल्याएर २ दशमलव २२ प्रतिशत मत पाएको छ भने राप्रपाले १९२७८६ मत ल्याएर २ दशमलव ०६ प्रतिशत मत ल्याएको छ । राप्रपा प्रजातान्त्रिकले ८८३७७मत ल्याएर ० दशमलव ९३ प्रतिशतमा चित्त बुझाउन बाध्य भएको छ । त्यसैगरी नयाँ शक्तिले ८१८३७ ल्याएर ० दशमलव ८६ प्रतिशत मत पाएको छ । यसैगरी राष्ट्रिय जनमोर्चा ६२१३३ ल्याएर ० दशमलव ६५ प्रतिशत मत ल्याएको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ५६१४१ मत ल्याएर ० दशमलव ५९ प्रतिशत मत पाएको छ । त्यस्तै नेकपा मालेले ४१२७० मत ल्याएर ० दशमलव ४३ प्रतिशत मत पाएको छ । त्यसैगरी नेपाल संघीय समाजवादी पार्टीले ३६०१५ ल्याएर ० दशमलव ३८ प्रतिशत मत ल्याएको छ । उता, राष्ट्रिय जनमुक्ति पार्टी ३३०९१ ल्याएर ० दशमलव ३५ प्रतिशत, एकीकृत राष्ट्रिय प्रजातान्त्र राष्ट्रबादीले २८८३५ ल्याएर ० दशमलव २३ मत पाएको छ ।

यसैगरी नेपाली जनता दल २२०४९ ल्याएर ० दशमलव २३, संघीय लोकतान्त्रिक पार्टी २१६१० ल्याएर ० दशमलव २३, बहुजन शक्तिपार्टी १५४६८ मत ल्याएर ० दशमलव १६ प्रतिशत, मंगोल नेश्नल अर्गनाइजेशन १५११७ ल्याएर ० दशमलव १६ प्रतिशत मत ल्याएको छ ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले १३९४२ मत ल्याएर ० दशमलव १५ प्रतिशत मत पाएको छ । उता, नेपाल जनतापाटी ९३१० ल्याएर ० दशमलव १ प्रतिशत र आमुल परिवर्तन मसि पार्टीले ५१६१ मत ल्याएर ० दशमलव ०५ प्रतिशत मत पाएको छ । यसैगरी राष्ट्रिय मुक्ति आन्दोलनले ४२७५ ल्याएर ० दशमलव ०४ प्रतिशत मत पाएको छ ।

यसैगरी नेपा राष्ट्रिय पार्टी ३४६० ल्याएर ० दशमलव ०४ प्रतिशत,नेपाल लोकतान्त्रिक जनता पार्टी २३८९ ल्याएर ० दशमलव ०३ प्रतिशत, चुरेभावर लोकतान्त्रिकले २१७० मत ल्याएर ० दशमलव ०२ प्रतिशत मत पाएको छ । यस्तै ग्रीन पार्टी नेपालले १६८५ ल्याएर ० दशमलव ०२ प्रतिशत मत पाएका छन् ।

यस्ताे छ वैद्यकाे देजमाे, बाबुरामकाे नयाँ शक्ति र रविन्द्र मिश्रकाे विवेकशील साझाले समानुपातिकमा पाएकाे मत

माेहन वैद्ययकाे देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट देशभर उठाइएका उम्मेदवारले पाएकाे मत यस्ताे छ

जिल्ला

निर्वाचन क्षेत्र

उम्मेदवारको नाम

प्राप्त मत

दाङ

3

हिरामणी पौडेल

154

रोल्पा

1

कुमार शाह

286

काठमाडौं

2

धन बहादुर पन्त

73

नवलपरासी (बर्दघाट पूर्व)

2

नारायण प्रसाद पंगेनी

69

गुल्मी

1

केशव अधिकारी

97

दोलखा

1

गोबिन्द काफ्ले

163

बर्दिया

1

लोक राज जैसी (जोशी)

70

सुर्खेत

2

खडानन्द लामिछाने

77

काठमाडौं

3

ज्ञानु खतिवडा

108

काठमाडौं

5

भरत बहादुर बुर्जा मगर

66

काठमाडौं

6

खगेन्द्र छन्त्याल

138

काठमाडौं

7

बन्धु देव पाण्डे

131

काठमाडौं

8

किरण राज शाही (खड्गी)

240

काठमाडौं

9

शान्ता पण्डित

402

काठमाडौं

10

सुरेश श्रेष्‍ठ

278

ललितपुर

1

श्याम के.सी.

122

सुर्खेत

2

खडानन्द लामिछाने

77

लमजुंग

1

सुरेश चन्द्र न्यौपाने

29

इलाम

2

टंक मणि राई

91

तेर्हथुम

1

काली बहादुर फुदोङ

50

ओखलढुंगा

1

रुद्र कुमार फुयल

95

कास्की

1

टेक बहादुर गुरुङ

105

कास्की

2

कर्ण बहादुर पुन

82

कास्की

3

भोज राज त्रिपाठी

50

नवलपरासी (बर्दघाट पश्चिम)

1

रामचन्द्र पोख्रेल

156

नवलपरासी (बर्दघाट पश्चिम)

2

प्रेम लाल रिमाल

103

उदयपुर

1

अम्वर बहादुर परियार

96

सप्तरी

4

सुर्य नारायण चौधरी (थारु)

368

ललितपुर

1

श्याम के.सी.

122

गोरखा

1

राम बहादुर नेपाली

81

गोरखा

2

नारायण अधिकारी

89

रुपन्देही

1

मोजीब अलि मुसलमान

101

रुपन्देही

2

दल बहादुर छन्‍त्‍याल राना

160

रुपन्देही

3

खेमराज मरासिनी

275

रुपन्देही

4

हसनरजा मुसलमान

135

रुपन्देही

5

ज्ञानेन्द्र प्रसाद पौडेल

216

कालिकोट

1

कर्ण बहादुर बुढा

121

बाँके

1

ऋषि राम थारु

146

बाँके

2

मदन सिंह अधिकारी

114

बाँके

3

मुकुन्द सिहं वली

227

भोजपुर

1

डिल्ली राम वोहरा

480

भोजपुर

1

डिल्ली राम वोहरा

480

रामेछाप

1

गणेश वहादुर खड्गी नेवा

278

बागलुङ

2

निल बहादुर पुन

586

बर्दिया

2

खडक बहादुर मल्ल

162

काभ्रेपलाञ्चोक

1

खेजराज  न्यौपाने

430

काभ्रेपलाञ्चोक

2

सौरब राज कायस्थ

141

सिन्धुपाल्चोक

1

टेक बहादुर जोशी

37

सिन्धुपाल्चोक

2

कुमार वोगटी

55

त्यसैगरी बाबुराम भट्टरार्इकाे नयाँ शक्तिका देशभर उठाइएका उम्मेदवारले पाएकाे मत यस्ताे छ

जिल्ला

निर्वाचन क्षेत्र

उम्मेदवार नाम

प्राप्त मत

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

1

बाबुराम चमार

142

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

2

चिनक कुर्मी

641

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

1

बाबुराम चमार

142

रुकुम पश्चिम

1

सरुण वाँठा मगर

624

उदयपुर

1

विश्व राज राई

366

ताप्लेजुंग

1

चन्द्र कुमार साँवा

386

पाँचथर

1

दिल बहादुर लावती

132

इलाम

1

मान वीर लाप्चा

430

सप्तरी

1

कृष्‍ण कुमार   गुप्‍ता

1163

सप्तरी

3

ताज महम्मद मंसुरी

693

सप्तरी

4

शिव दर्शन पासवान

334

दोलखा

1

वैकुन्‍ठ प्रसाद भण्‍डारी

170

ललितपुर

1

दीपक लामा

95

ललितपुर

2

रत्न महर्जन

963

ललितपुर

3

दल बहादुर लिम्बु

894

गोरखा

2

डा. बाबुराम भट्टराई

31807

रुपन्देही

2

मनिकर कार्की

411

रुपन्देही

3

ओम प्रकाश विश्‍वकर्मा

343

रुपन्देही

5

बोम बहादुर दर्लामी मगर

95

कालिकोट

1

दान बहादुर सहकारी

114

बाँके

1

बुध बहादुर सुनार

381

बाँके

2

वेद प्रसाद आचार्य

282

बाँके

3

विरेन्द्र प्रकाश पुन

205

भोजपुर

1

युवराज कटवाल

335

धादिङ्ग

1

राजु  नेपाल

336

अर्घाखांची

1

छन्द बहादुर पन्थी

580

बागलुङ

1

कृष्ण प्रसाद शर्मा

256

मुगु

1

राज बहादुर भाम

99

सुर्खेत

1

रेशम कुमार राना

137

बर्दिया

1

केशव राज पौडेल

455

बर्दिया

2

मोहन लाल चौधरी

456

दार्चुला

1

जितेन्द्र सिंह महरा

308

ताप्लेजुंग

1

चन्द्र कुमार साँवा

386

काभ्रेपलाञ्चोक

1

तिलक बहादुर लामा

108

काभ्रेपलाञ्चोक

2

कृष्‍ण कुमार भण्डारी

315

सिन्धुपाल्चोक

1

श्याम बाबु गौतम

125

सिन्धुपाल्चोक

2

विदुर प्रसाद चौलागाई

130

रौतहट

1

राजनारायण साह

74

त्यसैगरी रविन्द्र मिश्रकाे विवेकशील साझाबाट देशभर उठाइएका उम्मेदवारले पाएकाे मत यस्ताे छ

जिल्ला

निर्वाचन क्षेत्र

उम्मेदवारको नाम

प्राप्त मत

इलाम

1

सचेन घले

830

झापा

2

नवीन बाँस्तोला

1105

झापा

3

साजन सुब्वा

153

झापा

4

तुलसीराज उप्रेती

665

झापा

5

प्रकाश गौतम

611

मोरङ्ग

4

अमलेश कुमार कर्ण (कायस्थ)

874

सुनसरी

4

गणेश बहादुर विष्‍ट

286

सप्तरी

1

मोती मियाँ

158

दोलखा

1

विजय बाबु शिवाकोटी

303

महोत्तरी

2

राम विनय यादव

54

धादिङ्ग

1

दिपेश थापा

347

नुवाकोट

2

पुरुषोत्तम अधिकारी

205

काठमाडौं

1

रवीन्द्र मिश्र

10118

काठमाडौं

2

सूर्य राज आचार्य

7437

काठमाडौं

3

सुमित्रा सिंह लामा

2205

काठमाडौं

4

सुबुना बस्तेन

3040

काठमाडौं

5

उज्वल बहादुर थापा

6853

काठमाडौं

6

रमेश चिलुवाल

4225

काठमाडौं

7

अनुपा श्रेष्ठ

5376

काठमाडौं

8

पुकार बम

4414

काठमाडौं

9

मिलन पाण्‍डे

4946

काठमाडौं

10

प्रदीप ढकाल

2003

भक्तपुर

1

दिपेश न्यौपाने

2330

भक्तपुर

2

शशी बिक्रम कार्की

1784

ललितपुर

1

केशव प्रसाद तिमल्सिना

255

ललितपुर

2

अमिर राज महर्जन

5408

ललितपुर

3

उज्वल कृष्ण श्रेष्ठ

7628

काभ्रेपलाञ्चोक

1

भुषण कुमार श्रेष्ठ

784

काभ्रेपलाञ्चोक

2

बिलास थापा

874

सिन्धुपाल्चोक

2

जयराम  भण्डारी

153

मकवानपुर

1

सरोज कोइराला

1356

मकवानपुर

2

सिहं बहादुर मोक्तान

469

रौतहट

4

नुद प्रसाद तिमल्सिना

52

बारा

1

सन्नी लामा

200

बारा

4

निरोज पूडासैनी

547

पर्सा

1

महमद रजा

104

चितवन

1

निरज रेग्मी

718

चितवन

2

भुपेन्द्र राज बस्नेत

1245

चितवन

3

शरद राज पाठक

441

गोरखा

1

अमृत पुडासेनी

256

गोरखा

2

नवराज थापा

139

लमजुंग

1

निर्देश सिलवाल

618

कास्की

1

दिपक पौडेल

589

कास्की

2

श्रीकृष्‍ण श्रेष्ठ

843

कास्की

3

मिलन अधिकारी

827

अर्घाखांची

1

विष्‍णु प्रसाद  मिश्र

480

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

1

हरि प्रसाद गौतम

1082

रुपन्देही

2

हरि कृष्ण अधिकारी

1323

रुपन्देही

3

पार्थीवेन्द्र उपाध्‍याय

746

दैलेख

2

कमलापति सुवेदी

97

सुर्खेत

1

रम्मा आचार्य

36

सुर्खेत

2

गोविन्द प्रसाद आचार्य

740

बाँके

1

कुशल अधिकारी

393

बाँके

2

नगेन्द्र कुँवर

620

बर्दिया

1

चन्द्र कान्त शर्मा ढकाल

118

बझाङ्ग

1

मिन बहादुर सिंह

486

डोटी

1

पुस्कर कुँवर

303

कैलाली

1

लोक बहादुर बुढा क्षेत्री

240

कैलाली

3

दिपक गौतम

390

कैलाली

4

विनोद मल्ल

711

कैलाली

5

दिनेश राज भण्‍डारी

2722

बैतडी

1

नारायण दत्त अवस्थी

467

कन्चनपुर

1

लक्ष्‍मी नारायण चौधरी

480

कन्चनपुर

2

सुशील प्रसाद बडू

280

कन्चनपुर

3

दिपेन्द्र कार्की

303

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

1

हेमन्त राज न्यौपाने

374

Loading...