गगन थापामाथि बम हान्न सम्लग्न भएको आशंकामा कांग्रेसकै १० नेता गिरफ्तार

काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेस युवा नेता काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएका आशंकामा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार ४० जनामध्ये १० जना नेपाली काँग्रेसका नेता–कार्यकर्ता हुन् । उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरिएको प्रहरीले बताएको छ । बम ‘रिमोट कन्ट्रोल’ बाट विष्फोट गराइएको आशंका प्रहरीले गरेको छ । थप अनुसन्धान भइरहेको छ ।

चुनावी घरदैलो अभियानमा रहेका बेला पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापालाई लक्षित गरी सोमबार दिउँसो काठमाडौंको चपली हाइटमा बम विस्फोट गराइएको थियो । विस्फोटबाट सामान्य घाइते थापा उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य घाइतेको उपचार भइरहेको छ । अस्पतालबाट डिस्चार्ज भएपछि अायाेजना गरिएकाे एक कार्यक्रममा थापाले अाफूमाथि वम प्रहार गर्नेहरु जाे सुकै भए पनि राज्यले तिनलार्इ छुट दिन नहुने बताए । साथै उनले शान्ति सुरक्षााकाे अवस्था अत्यन्तै फितलाे भएकाे भन्दै सरकारले यसबारे तत्काल जवाफ दिनुपर्ने माग गरे । 

Loading...