कांग्रेस प्यूठानको मतगणनामा झडप, झडपमा ७ घाइते, प्रहरीले चलायो गोली

दाङ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्।

गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ राउन्ड गाेली चलाएकाे थियाे । प्रहरीले आफैँ चलाएको गाेली खुट्टामा लाग्दा प्रहरी जवान घाइते भएका छन्।

उनीसहित तरुणदल प्युठानका उपाध्यक्ष राेयल कृष्ण र बिजय रिजाललाई बुटवल रिफर गरिएको छ। अन्य घाइते कुबेर घर्ती, कमल घर्ती, खेमराज पण्डित लगायतकाे प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।

मतगणनाकाे क्रममा पाैडेल पक्षका उम्मेदवार बिष्णु गिरीले अग्रता लिएपछि देउवा पक्षले ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयाेग गरेकाे र साे क्रममा गाेली समेत चलेकाे थियाे ।

Loading...