डयुटी सकियो भनेर नेपालगञ्जमा अवतरण गरेको भन्ने समाचार प्रति निगमले भन्यो यस्तो

मंसिर ८,काठमाडौँ।   काठमाडौं बात रुकुम (सल्ले) उडेको नेपाल वायु सेवा निगको जहाज नेपालगञ्जमा अवतरण गरेको बारे समाचार प्रति निगाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गएको आइतबार मंसिर ५ गते काठमाडौँ बात रुकुम उडेको बिमानका चालले डयुटी सकियो भनेर नेपालगञ्जमा अवतरण गरेको भन्ने सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न बुधबार निगमले आफ्नो ध्यान आकर्षण पत्र मार्फत सार्वजनिक गरेको हो।
बिमान चालकले आफ्नो ड्युटी सकिएयको कारण देखाएर यात्रुहरुलाई नेपालगञ्जमा अवतरण गराएको बिषय सत्य नभएको निगमले स्पस्ट परेको छ। निगमले विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् तोकिएको गन्तव्य बाहेक अवतरण हुन पुगेको बताएको छ।
निगमले सो विषयमा भन्छ ‘ आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५ः१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।
हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन÷नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखीरहनु भन्दा नेपालगञ्ज सम्म पु¥याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पु¥याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो ।
पुनश्चः निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौं । ’

 

Loading...