रसुवामा नयाँ शक्ति र एमालेबीच झडप १३ राउन्ड गोली चल्यो

रसुवा, ८ मंसिर । रसुवामा नेकपा एमाले र नयाँ शक्तिका कार्यकर्ताबीच झडप भएकाे छ । एमालेका कार्यकर्ताले अाचारसंहिता विपरित गाडी चढेकाे भन्दै एमाले कार्यकर्ताले अवराेध पुर्याएपछि दुर्इ दलका कार्यकर्ताहरुबीच झडप भएकाे हाे । राती १२ बजे भएकाे उक्त झडपलार्इ नियन्त्रण लिन प्रहरीले १३ राउण्ड गाेली समेत चलाएकाे छ ।

रसुवामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेकाे छ । रसुवाकाे कालिका गाउँपालिका २ चिउरीबोटमा प्रचारप्रसार गर्दै हिडेका एमाले कार्यकर्ताहरु चढेकाे गाडी नयाँ शक्तिका कार्यकर्ताले राेकेका थिए । गाडी राेकेपछि एमाले कार्यकर्ता पनि अाक्रामक बनेपछि दुर्इ पार्टीबीच झडप सुरु भएकाे बताइएकाे छ । झडप भएकाे केही समयमा नै प्रहरी टाेली पुगेकाे थियाे । घटनास्थलमा अाक्रामक देखिएका नयाँ शक्ति कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिन खाेजेपछि झडप बढेकाे स्थानीयले बताएका छन् । प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले गोली प्रहार गर्ने चेतावनी समेत दिएका थिए।

प्रहरीले चेतावनी दिँदा पनि नयाँ शक्तिका कार्यकर्ताले अाक्रमण नराेकेपछि स्थितिलार्इ नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले फायरिङ सुरु गरेपछि भने दुवै पक्षका कार्यकर्ता भागेका थिए।

जिल्लाको काभ्रे भन्ने ठाउँमा चुनावी अभियान सकेर कालिकास्थान फर्किरहेको एमाले टोलीमाथि आक्रमण भएको हो। आक्रमणबाट एमाले कार्यकर्ताले चुनावी अभियानमा प्रयोग गरेको बा १६ च ५७५४ नम्बरको स्कर्पियो गाडीको सिसा फुटेको छ।

रसुवाका प्रहरी प्रमुख डिएसपी शरदकुमार थापाले नयाँ शक्तिका कार्यकर्ताले सडक अवरोध गरेर एमालेको गाडीमा आक्रमण गर्न थालेपछि प्रहरी पठाइएकाे बताए । प्रहरीसँग पनि उल्टै अाक्रमण गर्न खोजेपछि प्रहरीले झडप राेक्न हवाइफायर गर्नुपरेकाे बताए ।

शुक्रबार रसुवाकाे राम्चे भन्ने स्थानमा दुवै पक्षले आसमभाकाे तयारी गरेका थिए । दुबै पक्षले एकै ठाउँमा अामसभाकाे तयारी गरेपछि प्रशासनले बिहीबार दिउँसो राम्चेलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रशासनको निर्णयपछि तितरबितर भएका कार्यकर्ताहरुबीच मध्यरातमा झडप भएको हो।

त्यसैगरी रसुवाकाे गोसाइँकुण्ड गाउँपालिकास्थित थुमनमा पनि लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। त्यस्तै बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुस्थित एमालेका अध्यक्ष एवं प्रदेशसभा १ का उम्मेदवार कर्णेल लामाको घरमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्। आक्रमणबाट घरमा सामान्य क्षति पुगेको छ।

रसुवामा वाम र लोकतान्त्रिक गठबन्धनबाट दुई ठेकेदार चुनावी मैदानमा छन्। क वर्गका ठेकेदार मोहन आचार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् भने जनार्दन ढकाल वाम उम्मेदवार। दुवै उम्मेदवार पैसावाल ठेकेदार रहेका कारण चुनावी अभियानमा बाहिरिया गुण्डाको प्रयोग हुन सक्ने निष्कर्ष प्रशासनले निकालेको छ।

 

Loading...