नेकपा एमाले बात खनाल नेपाल सहित ११ जनालाइ साधरण सदस्य समेत नरहने गरि निष्कासित

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने तैयारी

काठमाडौँ। नेकपा एमालेले पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

एमाले स्थायी कमिटीको आज सोमबार बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरु वरिष्ठ नेता नेपाल, खनालसँगै नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ। 

नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ । 

१२ जनालाई २४ घण्टे स्पष्टीकरण –

बैठकले  नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ । आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो । कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

Loading...