चाइनिज ब्राण्डको नक्कली लोगो स्टिकर टासेर स्यानिटाईजर उत्पादन गर्ने ब्यक्ति पक्राउ

काठमाडौँ। चाइनिज ब्राण्डको लोगो नक्कली स्टिकर टासेर स्यानिटाईजर उत्पादन तथा गर्ने ब्यक्तिलाइ पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाले गुणस्तरहिन स्यानिटाइजर उत्पादन गरि बिभिन्न औषधिजन्य पसल एंबम सर्जिकल हाउसमार्फत बिक्रि वितरण गर्ने दुर्गा भट्टराईलाई आज ललितपुरबाट पक्राउ गरिएको हो। निजले औषधी ब्यवस्था बिभागमा दर्ता नगरी “wick low way wines हँद sanitizer 70% alcohol लेखिएको चाइनिज ब्राण्डको लोगो गुगल बाट सर्च गरी डाउनलोड गरि प्रिन्ट गरेर नक्कली स्टिकर टासेर आफै उत्पादन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले उत्पादन स्तनबाट बोतल ,ग्यालन र बिक्रि गर्न तयार पारेर राखेको कार्टुनसहित गरेर जम्मा अन्दाजी ३०८१ लिटर बरामद गरेको छ।हानिकारक मिथानोल प्रयोग गरि नक्कली स्यानिटाईजर उत्पादन गरेको आरोपमा उनलाई आवश्यक कारबाहीको लागी महानगरिय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

 

Loading...