कोरोना संक्रमणबाट एकै दिन २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा २८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको र यो अवधिमा १६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ। आज देशभर ३१ सय २२ संक्रमित थपिएका छन्। जसमध्ये उपत्यकामा मात्रै १४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

आज देशभर १८० जना आईसीयूमा भर्ना भएकामा ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा ४५० संक्रमित निको भएर घर फर्किएका छन्।

Loading...