हतकडी सहित फरार रहेका अभियुक्त पक्राउ


काठमाडौँ। हतकडी सहित फरार रहेका अभियुक्तलाइ महानगरी अपराध महाशाखाले पक्राउ गरेको छ। अनुसन्धानको सिलसिलामा गएको आश्विन २ गते महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याईएका अभियुक्तहरु मध्ये ३ ( तिन ) थान हतकडी सहित फरार रहेका भारत बिहार राज्य,समस्तीपुर जिल्ला पटौरी थाना बस्ने सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साहलाई महाशाखाले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका निज अभियुक्तलाइ थप अनुशन्धान कालिमाटी वृत्त पठाइएको महाशाखाले जनाएको छ। 

Loading...