जन्माद्य: रथयात्रामा ट्राफिकले सवारी ब्यबस्थापनमा मैले देखेको गैर जिम्मेवारी

म राजाराम तण्डुकार सँस्कृति सम्पदालाइ माया गर्ने एक नागरिक हु र नेपाल मण्डलमा हुने जात्राहरुमा समयले भ्याए सम्म सहभागी हुने गर्दछु। यसै क्रममा हिजो जन्माद्य: को रथ यात्रा हेर्न गएको थिए जस्मा म आफू कुनै आयोजक वा स्वयं सेवकका हिसाबले गएको थिइन र म उक्त जात्राको कुनै पनि समितिमा पनि थिइन म नितान्त सर्वसाधारणको रुपमा जात्रा हेर्न गएको थिए । जन्माद्य: को खट कमलाछी हुँदै जब जमल पुग्यो त्यहाँ २-३ जना मात्रै ट्राफिक थिए र जात्राको हुलमुलमा हर्न बजाउदै गुडेका सवारी साधनहरुलाइ रोक्ने कुनै पहल पनि गरेको देखिन जब
खट बिश्वज्योति हल अगाडि हुँदै रथ नजिक पुग्यो त्यहाँ अझै बढी भक्तजनहरु पहिलै देखि जन्माद्य: रथमा राखेको हेर्न जम्मा भएर बसेका थिए र सवारी साधन जान सक्ने अवस्था थिएन तर पनि सवारी साधनहरु हर्न बजाउदै अगाडि बढेको देखे र त्यहाँ दुर्घटना हुन सक्ने अवस्था देखेर म ती सवारीसाधन रोक्न अगाडि बढे र केही बिवाद पनि भयो । मलाइ सथ दिन दिपक तुलाधर दाइ र गंगा नेम्कुल जि पनि आउनुभयो ।भाग्यबस त्यहा एक जना जात्राप्रेमी प्रहरी निरीक्षक मुकेश ताम्राकार पनि रहेछ र उहाँले पहल गरेपछि केही ट्राफिक प्रहरीहरु आए र समस्या समाधान भयो कुनै दुर्घटनामा बिना जन्माद्य: असन सम्म पुग्यो र हिजोको जात्रा सम्पन्न भयो तर अझै केही प्रश्न मेरो दिमागको उठेको छ कि यो ट्राफिक ब्यवस्थापनमा कमजोरी कस्को हो ? जात्रा ब्यवस्थापन समिती वा ट्राफिक प्रहरी ? यदि हिजो त्यहाँ कुनै दुर्घटना भएको भए को जिम्मेवार ? हजारौं बर्ष अगाडि देखि चल्दै आएको हाम्रो जात्राहरुमा किन यस्तो लापरबाही । सवारीसाधनमा हिडेकाहरु र जात्रामा सहभागीहरु बिछ कुनै भिडन्त भएको भए को जिम्मेवार । आशा छ आगामी दिनहरुमा यस्ता कमजोरी र लापरबाही दोहोरिने छैन
। 

Loading...