नक्कली PCR रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लि का कर्मचारी पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले नक्कली PCR रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लि का कर्मचारी पक्राउ गरेको छ। बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली PCR रिपोर्ट दिने गरेको सुचना को आधारमा सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. (संचालक डा.सि.पी.श्रीकुमार) र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि. ( सन्चालक प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी )ब्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ (आठ ) जना ब्यक्तिहरुलाई आज पक्राउ गरको हो।

प्रहरीले कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको जनाएको छ ।


प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुशार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग PCR परीक्षण शुल्क प्रतिब्यक्ति रु,९,००० ।-लिई सुरिया हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको खुल्न आएको छ ।

Loading...