रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णयमा व्यवसायीहरुको बिरोध

काठमाडौं । सरकारले कोरनाको दोश्रो लहर तिब्र बनेको भन्दै रात्रीकालीन व्यवसाय बन्द गर्ने गरेको निर्णयमा व्यवसायीहरुले बिरोध जनाएका छन् । दोहारी तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको निर्णय नमान्ने बताउदै फिर्ता नभए आन्दोलन गर्ने समेत घोषणा गरेका छन् ।

सरकारले धैरै भीडभाड हुने क्षेत्र वैशाख महिनाभरीका लागि बन्द गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले रात्रीकालिन ब्यबसाय मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउने निर्णय गरेको थियो ।

यस्ता क्षेत्रमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र कोरोनाको जोखिम कायमै रहने भन्दै वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय छ ।

दोहारी लगाएत रात्रीकालिन ब्यबसायमा प्रतक्ष आवद्द कर्मचारी गरी ७० हजारले सरकारले जबर्जस्ति बन्द गराए संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

 

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विनोद श्रेष्ठले सरकारले बल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालीन बन्द गराएमा त्यसको प्रतिकारमा उत्रिले बताए ।

Loading...