८० प्रतिशत फाइदा ठेकेदारले राख्ने स्मार्ट पार्किङ , अन्तत सम्झौता रद्द

ललितपुरमा हट्यो काठमाडौँ महानगरमा येथावत

   ललितपुर महानगरपालिकाले ठेकेदार कम्पनीमार्फत ललितपुर महानगर भित्रका विभिन्न सार्वजनिक स्थानमा लिइदै आएको स शुल्क पार्किंग सेवा बन्द गरेको छ। महानगरले ठेकेदार कम्पनि डिस्कभर सिटीलाइ पार्किङ सञ्चालन गर्न दिएको सम्बन्धी गरेको सम्झौता रद्द गरेको छ ।

स्मार्ट पार्किंग भनिएतापनि पार्किङ सुल्क अत्यन्त महँगो त्यसमाथि आम्दानीको ८० प्रतिशत ठेकेदार र २० प्रतिशत मात्र महानगरलाई जाने गरी सम्झौता गरेको भन्दै महानगरवासीको व्यापक विरोधपछि सोमबार बसेको कार्यपालिका बैठकले रद्द गरेको हो । 

महानगरले बिना टेन्डर सिटीलाई २०७६ माघ १६ मा सर्वसाधारणसँग प्रतिघण्टा दुई पाङग्रेको २० र चार पाङग्रेको ५० रुपैयाँका दरले शुल्क उठाउने गरी ५ वर्षका लागि दिने सम्झौता गरेको थियो ।

कानुनि प्रावधान अनुशार स्थानीय सरकारले सिधै सम्झौता गरि निजि कम्पनिलाइ पार्किङ्गको ठेक्का दिन मिल्दैन। रकम र सरकारी ठेक्का बन्दोबस्त सम्बन्धि संसोधित ऐन २०७२ को दफा ५ अनुशार ठेक्का दिनुपरे स्थानीय पत्रपत्रिका र ठाउमा ठाउमा साविकमा ठेक्का लागेको भए कतिरुपैया वा के सर्त हो , विवरण सहित सूचना टाँस गरिनु पर्छ। तर महानगरले यस्तो प्रक्रिया नअपनाई सम्झौता गरेको थियो। 

यसै गरि काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘स्मार्ट पाकिङ’ को शुल्क निजीको भन्दा महँगो भएको गुनासो उपभोक्ताले सुरुदेखि गर्दै आएका छन् । निजी कम्पनी ह्विल ट्र्युली योर्स र एड ग्रुपलाइ महानगरपालिकाले २०७६ -३२  जेठदेखि काठमाडौंका दरबार मार्ग, विशालबजार, न्युरोड, खिचापोखरी, पाको र धर्मपथ क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको हो ।
स्मार्ट पार्किङ्ग नाउ दिएता पनि ब्यबहारमा नदेखिएको आसर्व साधारण को गुनासो रहेको छ।

 

Loading...