कीर्तिपुर क्रिकेट मैदानमा अब दर्शकबिना खेल सञ्चालन हुने

किर्तिपुर खेल मैदानमा संचालन भैरहेको ट्राइ–नेसन्स् क्रिकेट सिरिजका बाकी खेल दर्शकको उपस्थिति बिना संचालन गराउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकबिना नै सिरिजअन्तर्गतका बाँकी खेलहरु खेलाउने जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गरेर बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको बताएका छन् ।