सार्वजनिक स्थलमा ५ बढि भेला हुन रोक, बिद्यालय बैशाख मसान्त सम्म बन्द

होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा ५ बढि भेला हुन रोक लगाउनका साथै प्यालेस, जिम, स्वीमिङ पुल लगायतका स्थान वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

त्यसैगरी मन्दिर, मस्जिद, गुम्बा लगायतका स्थानमा पनि नियमित पूजा मात्र गर्न पाइने, सार्वजनिक यातायातमा अनिवार्य मास्क लगाउनु पर्ने, यात्रुको सिटभन्दा बढी यात्रु हाल्न नपाईने, कार्यलय प्रवेशका लागि अनिवार्य मास्क लागाउनु पर्ने, देशभरका ठुला सहर, महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द हुने समेतको निर्णय गरेको छ ।

होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । 
 

Loading...