‘ विभिन्न शक्तिको आडमा सरकारी जग्गामा बनाइएका संरचना भत्काएर छादछौ ’ -सांसद श्रेष्ठ

 

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा बिजुलीबजार धोवोखोला छेउमा बर्षौ देखि सरकारी जग्ग्गा कव्जा गरि निजी स्वामित्वको रुपमा रहिआएको भौतिक संरचना भत्किएको छ। बबहरमहलस्थित् ओलम्पिया स्कुललाइ भाडामा दिएको २ रोपनी १४ आना सरकारी जग्गा मिचेर व्यवसायी दीपक मल्होत्रालगायतले बनाएको भवनसहितको संरचना आइतबार साँझ डोजर लगाएर भत्काएको हो । काठमाडौँ महानगर पालिका ११ वडा कार्यालले कराकारी जग्गाको सिमांकन गरि निज मलहोत्रालाइ आचश्यक प्रमाण लिएर आउन ताकेता गरेता पनि कुनै चासो नदेखाए पछि स्थानीय निकाय वडा प्रतिनिधि , विभिन्न सस्था आवद्द प्रतिनिधिको अग्रसरतामा स्वयं उपस्थित भएर आफ्नो क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान सुरू गरेका सांसद श्रेष्ठले बताउनु भयो।

सांसद श्रेष्ठले बताए – ‘ सरकारी जग्ग्गा शक्तिको आडमा बर्सौ देखि कव्जा गरिएको छ , कोहिले बोल्ने हिम्म्मत समेत गरेन , मैले महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यलाइ समर पटक पटक एस बारे जनाकरो दिएको छु तर भएन केहि उहाको भाषणमा सरकारी जग्गा कसैले कव्जा गरेको पाइए कारवाही गर्ने बताउनु हुन्छ तर कार्यान्वयन छदै छैन। मलाई यो क्षेत्रका जनताले चुनेको छ मलाई धेरैले गुनासो गरेपछि चुप लाग्ने कुरा हुदैन , जनदायीत्व म पछि हट्ने वाला छैन। सरकारी जग्गा कब्जा मुक्त गरे आम सर्वसाधारणका लागि पार्क निर्माण गर्ने लक्ष छ। मल्होत्राले मलाई फोन गरेका छन् तर मैले प्रमाण लिएर आउन भनेका छौ , बाकि यस्तै कब्जा गरिएका संरचना भत्काउन अभियान नै थालेका छौ ’
यसै गरि संगै १ रोपनी ८ आना १ पैसा ३ दाम धोबीखोला नदि छेउको अर्को सरकारी जग्गा नेपाल सरकारका पूवॅ सह-सचिब सुरज डोटेलले टहरा बनाएर श्रीमती रेखा डोटेलको नाममा रहेको जग्गा खाली गरिने श्रेष्ठले बताउनु भयो। ‘ सरकारी जग्गा हडप्ने डोटेललाई उक्त जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यलयबाट पत्राचार भई सकेको छ। ’ श्रेष्ठले बताउनु भयो।

Loading...