सरकारी कागजात सच्याएको आरोपमा लोक सेवा आयोगका तत्कालीन शाखा अधिकृत माथि आरोप-पत्र दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएको आरोपमा लोक सेवा आयोगका केद्रीय कार्यालय अनामनगर काठमाडौँका तत्कालीन शाखा अधिकृत माथि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको भन्ने उजुरी निवेदन आयोगमा परेको हो। सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको अख्तियारको ठहर छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएकोले निज शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Loading...