जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ ।

थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका महासचिब थपलियालाई प्रहरीले के कति कारणले गिरफ्तार गरेको हो भन्ने अधिकारिक रुपमा जानकारी दिएको छैन । थपलिया महासंघका महसचिबका साथै प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

काठमाडौँबाट गिरफ्तार परेका थपलियालाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले यो समाचार तयार पार्दासम्म केही जानकारी दिएको छैन । थपलिया आफैले फेसबुकमा स्टाटस पोस्ट गर्दै आफु गिरफ्तार परेको बताएका थिए ।

आगामी मंसिर १० गते हुन् गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन नजिकै जाँदा नेकपा निकट सबै जन बर्गीय संगठनका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई प्रहरीले व्यापक धरपकडको शृंखलालाई बढाएको छ ।

Loading...