बर्दिवासमा प्रहरीको गोली लागेपछि हेलिकोप्टरबाट काठमाडौं पुर्याइएका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।

दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो। बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए ।

बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले रातोपाटीलाई बताए ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।

Loading...