फ्रान्समा फेरि संक्रमण फैलिएपछि पेरिससहित ८ सहरमा कर्फ्यूको घोषणा

फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति म्याक्रोँले टेलिभिजन अन्तर्वार्ताको क्रममा बताएका हुन् । यस्तै उनले सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरेका छन् ।

यसैबिच जर्मनीमा संक्रमण फैलिएका र जोखिम उच्च रहेका क्षेत्रका बार तथा रेस्टुरेन्टहरु चाँडो बन्द गर्नु पर्ने भएको छ ।

राति ११ बजेपछि बार तथा रेस्टुरेन्टहरु खुला हुन नपाउने र दुई परिवारका १० भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु भएको छ ।

जर्मनीमा गएको अप्रिलयता पहिलोपटक बुधबार एकै दिन पाँच हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो।

Loading...