क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो ।

३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ ।

पोर्चुगलको टिमका अरु खेलाडीलाई भने कोरोना भाइरसको संक्रमण भएको छैन । गएको आइतबार पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।

Loading...