तातोपानी नाका एकदिन खुले अर्को दिन पुन्ह बन्द

   

असोज २१ ,काठमाडौं। राजधानी काठमाडौँ बात सबैभन्दा छोटो उत्तरी चीन जोड्ने तातोपानी नाक व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै पुन्ह बन्द भएको छ । नेपाली मजदुरमा कोरोना संक्रमण देखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो ।
बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको यो नाका सोमबार खले पनि मंगलबार कुनै समान आएन । गएको मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ बाट सुचारु गर्ने सहमति भएको हो ।

सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

उनले भने ः नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको छ । ‘त्यो मोडालिटी नबनेसम्म केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन ।
२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि पुन्ह निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द गरिएको हो । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् ।

 

Loading...