देशभर थपिएका मध्ये दैनिक आधा बढीका दरले उपत्यकामा कोरोनाका संक्रमित थपिँदै

काठमाडौं, १० असोज । नेपालमा प्रत्येक दैनिक थपिने काेराेना भाइरसका संक्रमित मध्ये आधाभन्दा बढी आधा काठमाडाै उपत्यकाका हुने गरेका छन् । कूल संख्याका करिव आधा संख्या त काठमाडाै जिल्लामा नै हुने गरेका छन् ।

राजधानी उपत्यका खासगरी काठमाडाै जिल्ला काेराेना भाइरसका संक्रमितले लगातार भरिरहँदा मानिसहरु भने दैनिक कामकार्यमा निस्कन छाडेका छैनन् । यसैक्रममा शनिवार पनि देशभर थपिएका कूल संक्रमित मध्ये आधाभन्दा बढी संक्रमित काठमाडाै उपत्यकामा भेटिएका छन् । देशभर १२०७ जना कोरोना भाइरसका संक्रमित भेटिएकाेमा उपत्यकामा ७२४ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्र ५८३ जना छन् । त्यसैगरी ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले शनिवार मोरङमा ७८ जना, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, काभ्रे र मकवानपुरमा १७/१७ जना, सिन्धुली र डोटीमा १५/१५ जना, अछाममा १३, चितवनमा १२, सप्तरीमा ११, कास्की र नवलपरासीमा १०/१० तथा झापा, धादिङ, रामेछाप र बर्दियामा ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे जानकारी गराएकाे छ ।

त्यसैगरी मन्त्रालयले रौतहट र रोल्पाका ६/६ जना, गुल्मी, प्युठान र दार्चुलाका ५/५ जना, धनुषा, बारा, सर्लाही, सिन्धुपाल्चोक, तनहुँ र स्याङ्जा ४/४ जना, गोरखा, कपिलवस्तु र पाल्पाका ३/३ जना, भोजपुर, नुवाकोट, अर्घाखाँची र बझाङका २/२ जना तथा उदपयपुर, सोलुखुम्बु, महोत्तरी, सिराहा दोलखा, नवलपुर, लमजुङ, बाग्लुङ, सल्यान, कञ्चनपुर र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा देशभरका प्रयोगशालामा १००१९ नमूना परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ४११ जना महिला र ७९६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा काेराेना भाइरसका कूल संक्रमितको संख्या ७१,३४१ पुगेको छ । संक्रमितमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३०१३ जना संक्रमणमुक्त भएका छन् ।

Loading...