अपमान विरुद्ध पहिलोपटक चलचित्रकर्मी एकजुट, सुवेदीको रजतपट कार्यक्रममा बहिस्कार गर्न ७ संगठनको संयुक्त आह्वान

काठमाडौं । कलाकारमाथि हुने अपमानका विरुद्धमा पहिलोचोटी चलचित्रकर्मीहरु एकजुट भएको देखिएको छ । चलचित्रसम्बद्ध सातवटा संगठनले ‘रजतपट’ कार्यक्रम बहिष्कार गर्न सम्पूर्ण चलचित्र कलाकारलाई संयुक्त आह्वान गरेका छन् । नायिकाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै प्रकाश सुवेदीको कार्यक्रम रजतपट कार्यक्रम बहिस्कार गर्न सा संगठनले संयुक्त आह्वान गरेका हुन् ।

एपी वान टेलिभिजनबाट बिहीबार प्रसारण हुने ‘रजतपट’ कार्यक्रममा केही दिनअिघ चलचित्र पत्रकार सुवेदीले नायिका पूजा शर्मालाई लक्ष्य गरेर ‘दाह्रा’ शब्द प्रयोग गरेका थिए। जसविरुद्ध नायिका शर्माले चलचित्र क्षेत्रका संघ/संस्थामा उजुरीसमेत हालेकी थिइन् भने जनस्तरबाट पनि व्यापक विरोध भइरहेको छ।

यस विषयमा कार्यक्रम सञ्चालक सुवेदीले आफूबाट ठूलो गल्ती भएको भन्दै भिडियोमार्फत माफी मागेका थिए।

तर पनि चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द् संघ र चलचित्र नृत्य संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरेका हुन्।

‘अभिव्यक्ति स्वतन्त्रताका नाममा कसैको मानमर्दन गर्नु, शारीरिक बनावटको अशिष्ट आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन, यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुने हाम्रो ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै चलचित्रकर्मीहरूले रजतपट र ग्लामर गफ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुनमार्फत नुल्झिएसम्म कुनै पनि सहभागिता नजाउनु हुन सम्पूर्ण चलचित्रकर्मीहरूलाई अनुरोध गर्दछौं।’

कलाकारहरुलाई अन्टसन्ट प्रश्न गरेर उडाउने र त्यसैका आधारमा आफू चर्चामा जाने, वा भ्यूज बढाएर पैसा कमाउने होडवाजीमा लागेका सञ्चारकर्मी तथा यूट्यूबरहरुलाई यसले राम्रो सबक सिकाउने देखिएको छ । कलाकारहरुलाई विवादमा पारिदिएर आफू चर्चा कमाउन खोज्ने प्रवृतिलाई पनि यसपटक कलाकार सम्बद्ध संघ संगठनहरुले बुझेको देखिएको छ । यसले यस्ता विकृति रोक्न काम गर्नेछ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ

Loading...