खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित

काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले ३ हजार ९ सय ८७ जनाको परीक्षण गरेकाे र त्यसमध्ये १ सय ३३ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयले संक्रमित भएर अस्पताल भर्ना भएका मध्ये धेरै जना निकाे भएर डिस्चार्ज भएकाे पनि जनाएकाे छ । मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे समय मात्र १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

Loading...