राजधानीको ललितपुरमा पुग्यो सलह, किसानहरु चिन्तित

ललितपुर, १४ असार । नेपालमा भित्रिएकाे २ दिनमै राजधानीमा सलह आइपुगेको छ । शनिवार तराइृका विभिन्न जिल्लामा देखा परेकाे सलह आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका हुन् । सानाे झुण्डमा रहेकाे भनिए पनि निकै छिटाे सलह फैलिएकाे देखा परेकाे छ ।

मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत क्षेत्रमा देखिएको छ । दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहको प्रवेश भएकाे विज्ञहरुले बताएका छन् । नार्कका कीटविज्ञ सुदीप उपाध्याय सलह दिउँसाे बढी सक्रिय हुने भएकाले जाली थापेर तिनकाे प्रभाव कम गर्न सकिने बताउँछन् । ‘राति निष्क्रिय भई एकै ठाउँमा जम्मा भएर बस्ने भएकाले रासायनिक विषादी प्रयोग गरेर तिनलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने । विज्ञहरुले मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र राेकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेकाे थियाे । कृषिमन्त्री घनश्याम भुसालकाे अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टाेलीको बैठक जारी छ ।

Loading...