नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः र नेपाल सम्वतबारे अन्तरक्रिया

काठमाडाैं, १४ कार्तिक । नेवार समुदायको छाता संगठन नेवाः देय् दबुले सोमबार १९ सौ शंखधर दिवसको उपलक्ष्यमा नेपल संम्बतका प्रवर्तक शंखधर साख्वाः र नेपालको मौलिक सम्बत नेपाल संवत् विषयमा अन्तरक्रिया कार्येक्रम गरेको छ ।

नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा भएको कार्येक्रममा इतिहास विद् काशी नाथ तमोट, अनुसंधानकर्ता चन्द्रमान बज्राचार्य,पुरात्त्वो विद श्याम सुन्दर राजवंशी, नेपाल पञ्चाङ्ग निरनायेक समिति सदश्य दैवज्ञ किर्तिमदन जोशीले शंखुदत्त नै शंखधर साख्वा रहेको तिव्वती ग्रन्थ लगायत पुराना सिलालेखहरुमा समेत उल्लेख गरेको कारण वास्तविक व्क्तिनै रहेको र नेपालको मौलिक सम्बत नेपाल सम्बतको बारेमानै धेरै अनविज्ञ भएको कारण छलफलको आवश्यकता रहेको लगाएत बिशयेमा अन्तरक्रिया भएको थियो ।

नेपाल सम्बतले आधिकारीक मान्यता नपाइहाले पनि यसका प्रवर्तक शंखधर साख्वा:लाइ राष्ट्रीय बिभुति मानिसकिएको छ ।बि स २०५६ सालामा प्रधानमन्त्री कृष्ण प्रशाद भटराईबात शंखधर साख्वालाइ राष्टिय बिभुतिको रुपमा घोषणा गरेका थिए । मुलुकमा गणतन्त्र स्थापना पछि नेपल सम्बत् राष्ट्रिय सम्बत घोषणा भएको थियो । सरकारले नेपाल सम्वतलाई २०६५ सालमा राष्ट्रिय मान्यता दिएको थियो।

नेपालमा मुख्यतया ३ वटा संवत् प्रचलनमा छन् । केही विदेसी चाडजस्तै (नयाँ वर्ष जनवरी १, क्रिसमस आदि) मनाउँदा इस्वी संवत्, त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड, शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् ।

कार्येक्रमका सभापति नरेस ताम्राकारले नेपाल सम्बतलाइ सरकारले राष्ट्रिय मान्यता दिये संगै सरकारी कार्यालय ,बैंक तथा वित्तीय सस्थाहरुमा मान्यता दिने भएतापनि नेपाल सम्बत् प्रयोग नरिनाले प्रचलनमा ल्याउन कठिनाई रहेको बताए । 

Loading...