जेठमा कर नतिरे जरिवाना लगाउने निर्णयबाट पछि हट्यो सरकार असार ७ गतेसम्म समय थप

काठमाडौं, २१ जेठ । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएकाे थियाे । त्यसपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

Loading...