भारतबाट नेपालगञ्ज नाका आइपुगेकालाइ बोकेर गएको फोर्स गाडी दुर्घटनामा परी १२ मृत्यु, २१ घाइते सबैको नाम सार्वजनिक

नेपालगञ्ज । आइतबार मध्यराति रोकिराखेको ट्रकमा तीब्र गतिमा गुडिरहेकाे गाडी ठाेक्किदा १२ जनाकाे मृत्यु भएकाे छ । बाँकेकाे राप्ति साेनारी गाउँपालिका-२, ठुरिया जंगलमा आइतबार मध्यराति गाडी दुर्घटनामा परेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेले १२ काे मृत्यु भएकाे र २१ जना घाइते भएकाे जनाएकाे छ । घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतककाे संख्या १२ पुगेको हो।

मृतकमध्ये ११ पुरुष र १ महिला रहेका छन्। मृतकहरुमधये २ जनाकाे मात्र नाम खुलेकाे छ भने अरुकाे सनाखत हुन बाँकी छ । २१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ ।

भारतका विभिन्न सहरबाट फर्केर नेपालगञ्ज अाइपुगेका मध्ये ३३ जनालाइ बाेकेर उक्त गाडी गएकाे थियाे । बा ५ ख ५९९५ नम्बरको फाेर्स गाडीमा राेखेर उनीहरुलाइ नेपालगन्जबाट सल्यानसम्म लगिदै थियाे । ठुरिया जंगलमा पुगेपछि उक्त गाडी ना ४ ख ९०६४ नम्बरको ट्रकमा राति १२ बजेतिर ठोक्किएकाे थियाे।

दुर्घटनामा परी घाइते भएकाहरुलाई भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुर्याइएकाे छ। साथै मृतकहरुकाे शव पनि साेही अस्पतालकाे शव गृहमा राखिएको छ। दुर्घटनामा परेकाे फाेर्स गाडीमा

प्रहरीले दुर्घटनामा परी घाइते भएका मध्ये २१ जनाको नाम ठेगाना सार्वजनिक गरेको छ। त्यसैगरी मृत्यु भएका १२ मध्ये २ जनाकाे नाम पनि सार्वजनिक गरेकाे छ । मृत्यु हुनेमध्ये गाडीका चालक र सहचालकको नाम थाहा भएकाे प्रहरीले जनाएकाे छ । गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी रहेको बताइएकाे छ । दुर्घटनामा घाइते भएका २१ जना दाङ, सल्यान र रोल्पा घर भएकाहरू छन् ।

हेर्नुहाेस दुर्घटनामा परी घाइते हुने २१ जनाकाे नाम

१‍. दाङ जिल्ला धर्ना-४ का ४५ वर्षीय मेघराज केसी

२. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी

३. दाङ जिल्ला राजपुर-२ का २१ वर्षीय जीवन घर्ती

४. दाङ जिल्ला राजपुर गाउँपालिका-६ का २० वर्षीय दिपेश चौधरी

५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-२ का २३ वर्षीय रुपलाल केसी

६. दाङ जिल्लाका २० वर्षीय भरत थापा

७. रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका-७ का १७ वर्षीय सुनिल परियार

८. त्यही ठेगानाका २० वर्षीय वीरेन्द्र परियार

९. त्यही ठेगानाका १८ वर्षीय पुरन परियार

१०. रोल्पा जिल्ला कुरैती त्यही ठेगानाका-२ का ५२ वर्षीय नर बहादुर विक

११. रोल्पा जिल्ला टुटु-८ का ४० वर्षीय दिलबहादुर विक

१२. सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका-२० वर्षीय मिनराज विक

१३. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का तेजबहादुर बुढाथोकी

१४. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-४ का २८ वर्षीय लोकेश घर्ती

१५. सल्यान जिल्लाका १८ वर्षीय धनबहादुर बोहरा

१६. सल्यान जिल्लाका ५२ वर्षीय दीपबहादुर बुढा

१७. सल्यान जिल्ला शारदा गाउँपालिका-६ का टीका चलाउने

१८. सल्यान जिल्लाका शिव भण्डारी

१९. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का २६ वर्षीय निमबहादुर बादी

२०. त्यही ठेगानाका १८ वर्षीय देवेन्द्र बुढाथोकी

२१. त्यही ठेगानाका १७ वर्षीय ज्ञान बहादुर बोहरा

Loading...