काठमाडौँका जनताले किन गरे आफैले बन्द ? ( फोटो फिचर र भिडियो सहित )

जेष्ठ ३ ,काठमाडौँ ।    काठमाडौँका पुरानो भित्रि शहरका मूल सडक, गल्ली र चोकहरुमा शुक्रबार जतातै बाँसका छेका राखी स्थानीय जनता आफैले बटाेहरु बन्द गरेका छन् । नयाँ सडक आसपासका व्यापारिक केन्द्र रहेको मुख्य क्षेत्र वरपर स्थानीय युवा समूहले माइकीङ्ग गरि पसल समेत बन्द गराएका छन् ।   उनीहरुले कोरना संक्रमण बात जोगिन र बाहिर बात आएका अपरिचित व्यक्तिलाइ टोल छिमेकमा प्रवेश नगराउन सतर्क गरेको छ । हातमा लाठा बोकेका समुहले मुलबाटोमा नै बाँसका छेका राखेर आवात जावत पूर्णरुपमा रोक लगाउन थालेका छन् ।

स्थानीय जनता र सम्बन्धित वडाका जनप्रतिनिधि बीच छलफल पश्चात कार्यालयसँगको समन्वय गरि विभिन्न क्लव आवद्द युवा समुहले आफ्नो गतिबिधिहरु बढाएका हुन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा लामो समय कोराना संक्रिमित संख्या नदेखिएपछि सुरक्षित मानीयकाेमा हाल बाहिर बाट काठमाडौँ आएका ब्यक्तिका कारण असुरक्षित महसुस भएका कारण काठमाडौँ बासिमा आक्रोश समेत थपेको छ ।

 भिडियोमा क्लिक गर्नु होला    

धन्यवाद !!जैशिदेवल युथ क्लब कोरना बात वच्न स्थानीय क्लब जागरुक हुँदै !!

Hukum Malis Oil ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಗುರುವಾರ, ಮೇ 14, 2020

उनीहरुले लकडाउनको अवधिमा बाहिरी जिल्लाबाट आउने कोहि व्यक्ति घरमा भित्राइए घरधनीलाई समेत कार्वाहि गर्ने चेतावनी दिदै यसको सुचना सम्बन्धित वडा कार्यालयले जारी गरेका छन् । वडाले औषधि पसल बाहेक अत्यावस्यक समान खाद्यान्न ,ग्यास लगाएत पसल बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । 

 

Loading...