केपीले उपत्यकाका ४५ मध्ये ३४ सिट आफूले लिएर प्रचण्डलार्इ दिए जम्मा ११ सिट

माओवादी केन्द्र र एमालेले यसरी बाँडे काठमाडौ उपत्यकाका ४५ सिट

काठमाडौं, ९ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रले उपत्यकाका ४५ सिट विवादका बीच बाँडफाँड गरेका छन् । अागामी मङ्सिरमा हुने निर्वाचनका लागि वाम गठबन्धन बनाएका एमाले-माकेमा धेरै अाकांक्षी भएका कारण सिट बाँडफाँड गर्न गाह्राे परेकाे नेताहरुले बताएका छन् ।

दुर्इ दलले गरेकाे बाँडफाँड अनुसार उपत्यकाका प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ माअाेवादीले ४ वटा सिट मात्र पाएकाे छ । उपत्यकाका १५ सिटमध्ये एमालेले ११ सिट अाफूले लिएर माओवादी केन्द्रलार्इ ४ सिट लिएकाे हाे । त्यसैगरी प्रदेश सभाकाे पत्यक्षका ३० सिट मध्ये २३ सिट एमालेले लिएर माअाेवादी केन्द्रलार्इ ७ सिट मात्र दिएकाे छ । अब उपत्यकाका ४५ सिट मध्ये एमालेले ३४ र माओवादीले ११ सिट पाउने भएकाे छ ।

काठमाडौंमा माओवादी केन्द्रले तीन वटा सिट संघीय सभामा पाउने भएकाे छ । काठमाडाैंका तीन र ललितपुरकाे १ सिट गरी ४ सिट पाएपछि माअाेवादी केन्द्रले बाँकी सबै सिटमा एमालेलार्इ समर्थन गरेकाे हाे । काठमाडाैंमा माअाेवादी केन्द्रले क्षेत्र नम्बर ६, ८ र १० पाउने भएको छ । त्यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर ३, ६ र १० मा दुई मध्ये एकएक सिट माओवादीले लिने सहमति भएको छ ।

काठमाडौंका अन्य ७ प्रतिनिधिसभा र १७ प्रदेशसभाका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादीले समर्थन गर्नेछ । भक्तपुरमा माओवादीले प्रदेशसभामा एक सिट पाउनेछ भने अन्य दुवै प्रतिनिधिसभा र ३ प्रदेशसभाका सिटमा एमालेलाई सघाउनेछ ।

त्यसैगरी भक्तपुरमा संघीय प्रतिनिधिसभामा माअाेवादी केन्द्रले कुनै सिट पाएकाे छैन । त्यसैगरी प्रदेश सभामा पनि माअाेवादी केन्द्रले एउटा सिट मात्र पाएकाे छ । भक्तपुरमा प्रतिनिधिसभामा २ सिट र प्रदेश सभामा ४ सिट रहेका छन् । माअाेवादी केन्द्रले संघीय प्रतिनिधि सभाका दुबै सिट र प्रदेश सभाका तीन सिटमा एमालेलार्इ सघाउने गरी एउटा मात्र प्रदेश सभाकाे सिट लिएकाे हाे ।

ललितपुरको क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एकएक सिट पाउनेछ । एमालेले क्षेत्र नम्बर १ र २ प्रतिनिधिसभामा पाउनेछ भने प्रदेशमा तीनै क्षेत्रका एक एक सिट पाउने सहमति भएको छ ।

Loading...