२४ घन्टामा नयाँ कोरोनाका संक्रमितको संख्या शुन्य

चैत १८ ,काठमाडौँ । स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा कुनै नयाँ कोरोना संक्रिमित फेला नपरेको मंगल बार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
यसैगरि कोरोनाको परिक्षण गरिएका वीर अस्पताल र पाटन अस्पतालमा ज्वरको उपचारमा रहेका बिरामीमा  यस किसिमको कुनै भाइरस नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ ।
सोमबार वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला र सोहिदिन मृत्यु भएका आर्का ५० वर्षीय एक पुरुष दुबैमा गरिएको कोरोनाको आशंकामा परिक्षणमा कोरना भाइरस नदेखिएको बताएको छ ।
कोरोनाका आशंकामा कीर्तिपुर हिल टाउन स्कुलमा क्वाइनताइनमा रहेकी झापाका कल्पना लावतीमा पनि कोभिड –१९ को परीक्षणमा फेला नपरेकाले उपचारपछि मगंलबार विहान पाटन अस्पतालले डिस्चार्ज गरेको छ । कीर्तिपुर अस्पतालले आइतबार उहालाई पतन अस्पताल रिफर गरेको थियो ।

राजधानीमा मात्र प्रयोगशाला रहेकोमा छिमेकी देश चीनबाट पीसीआर मेसिन आइसकेकाले देशका विभिन्न पाँच स्थानमा प्रयोगशाला निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयलका प्रवत्ता डा. विकास देवकोटाले बताउनु भयो – ‘ नेपालमा अहिले ज्वरो आउने वित्तिकै डराउने प्रवृति देखियो । यसले थप जटिलतामा जाने र विरामीको मृत्यु समेत हुनसक्छ । ज्वरो जुनसुकै रोगमा आउने भएकाले सम्बद्ध संस्थाले इमरजेन्सी सेवा दिनुहोला, सेवा बन्द गरेपछि अरु नै विरामी उपचार नपाएर मृत्युको मुखमा पुग्नसक्छ ।’ उहाले नेपालमा संक्रमित सबै बिरामी अन्यन्त्रबात आएको कारण लकडाउन गर्नुपरेको बताउदै संक्रमण फैलिन नदिन सचेत रहनु पर्ने बताउदै लकडाउन पछि क्वारेन्टाइनमा रहेका ४० हजारभन्दाको बढीको परीक्षण गर्नुपर्न भएको र अरुलाई नसरोस् भन्नको लागि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

Loading...