खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौती गर्ने बार्सिलोनाकाे तयारी

काठमाडाैं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौति हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण खेलहरु रोकिएका छन् ।

यसका कारण क्लबलाई पर्न गएको आर्थिक समस्या समाधानको प्रयास स्वरुप खेलाडीहरु खेलाडीहरु ७० प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत भएका हुन् । खेलाडीबाट कटौति भएको पारिश्रमिकको रकम क्लबका अरु (नन–स्पोर्टिङ्ग) कर्मचारीलाई तलब प्रदान गर्न खर्च गरिने छ।

क्लबका कप्तान लियोनल मेस्सीले निर्णय लिनका लागि केही ढिला भएको तर क्लबलाई सहयोग गर्ने उपायहरुको खोजी गर्न खेलाडी लागि परेकाले समय लागेको बताएका छन् ।

यसअघि इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका खेलाडी तथा प्रशिक्षकले चार महिनाको पारिश्रमिक नलिने घोषणा गरेका थिए । स्पेनिमा कोरोना भाइरसका कारण अहिलेसम्म सात हजार ७१६ जनाको मृत्यु भएको छ ।

Loading...