कोरोनाको त्रासबीच १४० वर्ष यताको ठूलो भुकम्प

एजेन्सी । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति भएको छ । भवनहरु भत्किएनुका साथै सवारी साधानमा क्षति पुगे पनि मानवीय क्षति भएको जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर एक किशोर गम्भीर अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जाग्रेब शहर केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो १४० वर्ष यता जाग्रेबमा गएको यो सबैभन्दा ठूलो भूकम्प हो। भूकम्पका कारण कम्तिमा १६ जना घाइते भएका छन् ।

Loading...