उपत्यकाका पाँच स्थानमा आजदेखि सुपथ मूल्यको पसल सञ्चालन

काठमाडौं, ७ चैत । सरकारले उपत्यकाका पाँच स्थानमा आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

हिजो सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी गराएका थिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने मन्त्री भट्टले बताए । सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइन्छ ।

Loading...