कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव

काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्।

‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्‍याउन सक्छौं।’

Loading...