चलाउनै नजान्ने सांसदले ल्यापटप पाउने, नजान्नेलाई स्वकीय सचिवले सिकाउने

जनकपुरधाम, प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेशसभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाइ ल्यापटप प्रदान गर्ने भएको हो ।प्रदेश २ का सभामुख सरोज कुमार यादबले प्रदेश सभालाइ पेपरलेस बनाउने अभियानका लागि प्रदेशसभामा ल्यापटप आइसकेको र अब केही दिनभित्रै सबैलाई वितरण गरिने जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको यादबले बताए ।

‘एउटा विधेयक कितावजस्तो हुन्छ । कम्तीमा १ सय ५० प्रति फोटोकपी गर्नुपर्छ,’ सभामुख यादवले भने, ‘कागज, मसी र प्रिन्टर गरी वर्षको ५ करोड खर्च भइरहेकोले यसको विकल्पमा ल्यापटप वितरण गर्न लागेको स्पष्ट पारे । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं ।’ सभामुख यादवका अनुसार अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन् । कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन् ।

कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको उनले बताए । ल्यापटप चलाउन नजान्ने सांसदलाइ स्वकीय सचिवले चलाउन सिकाउने प्रदेश २ मा १०७ जना सांसद छन् । जसमध्ये अधिकांसलाई ल्यापटप त के मोबाइलपनि चलाउन आउँदैन् । यद्यपि सभामुख यादवले ल्यापटप चलाउन नजान्ने सांसदलाइ उन्को स्वकीय सचिवले चलाउन सिकाउने बताए ।

‘सबै जना माननीयलाई अधिकृतस्तरको स्वकीय सचिव दिइएको छ । उनीहरुले अब माननीय ल्यापटप चलाउन सिकाउने छन् ’सभामुख यादवले भने । सभामुख यादवले अघिल्लो वर्ष नै ल्यापटप बाँड्न खोजिए पनि विभिन्न बाधा र अवरोधका कारण बितरण गर्न नसकिएको बताए । यादबले प्रदेशसभा दोस्रो वर्ष पूरा गरेकोले वार्षिक उतस्वको अवसरमा सबै सांसदलाई ल्यापटप दिइने बताए ।

Loading...