तिव्र रुपमा फैलिदै कोरोनाभाइरस, नियन्त्रण गर्न ठूलो चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन् ।

सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ । स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।

बिदा लम्ब्याइयो

सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ। यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।

बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, “यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ।” तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।

यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए। लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ। बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड हेयज भन्छन्, “यो कोरोनाभाइरस मानिसबाट मानिसमा सजिलै सर्ने देखिन्छ। जसले गर्दा यो चीनभरि र अन्यत्र अझ फैलने सम्भावना छ।”

तर उनका अनुसार उक्त भाइरसको सङ्क्रमण हुँदा ज्यान जाने सङ्ख्या कम भएको देखिन्छ। सङ्क्रमित व्यक्तिमध्ये २ देखि ३ प्रतिशतको मात्र ज्यान गएको बताइएको छ।अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन् । चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।

यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।

यो रोगको छुट्टै औषधि वा खोप छैन।

कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ। मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।चिनियाँ अधिकारीहरूले “वन्यजीवनको अवैध कारोबार” गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशङ्का व्यक्त गरेका छन्।

भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक?

यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।

उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ।प्रत्येक सङ्क्रमित व्यक्तिले सालाखाला २।५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ।उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ। तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ।

त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ।किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्ने हुन्छ।ल्याङ्कस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कोरोनाभाइरसबाट ११,००० व्यक्ति प्रभावित भएको आकलन गरेका छन्।यदि सही हो भने यो सङ्ख्या सार्सको भन्दा बढी हुन्छ।

कहाँकहाँ फैलिएको छ?

कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ।शनिवार अस्ट्रेलियाले चार जनामा कोरोनाभाइरस भएको पुष्टि गर्‍यो। तीमध्ये मेल्बर्नमा एक र सिड्नीमा तीन जना छन्।

कोरोनाभाइरस युरोपमा पनि फैलिएको छ। फ्रान्समा तीन जना सङ्क्रमित भएको पुष्टि भएको छ।यूकेमा परीक्षण गरिएका ३१ व्यक्तिमा कोरोनाभाइरस नभेटिएको सरकारले जनाएको छ। चीनको हुबेबाट भर्खरै फर्किएका झन्डै २,००० व्यक्तिको स्थिति पत्ता लगाउन अधिकारीहरूले खोजिरहेका छन्।चीनका छिमेकी देशमा पनि उच्च स्तरको सतर्कता अपनाइएको छ।

थाईल्यान्ड, सिङ्गापुर, जापान, ताइवान, मलेशिया, भियतनाम, दक्षिण कोरिया र नेपालमा पनि सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भएको छ। अमेरिकामा पनि दुई व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पाइएको छ।

Loading...