नव निर्वाचित सभामुखको सपथ भोली राष्ट्रपति कार्यालयको शितल निवासमा

काठमाण्डौँ, १२ माघ । नव निर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाको सपथ ग्रहण भोली विहान साढे नौ बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा एक भव्य कार्यक्रमका विच हुने छ । निर्वाचित सभामुखलाई राष्ट्रपति विद्या देवी भण्डारीले सपथ ग्रहण गराउने छिन् ।

सभामुखको सपथ ग्रहण समारोहमा राष्ट्रपति सहित उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधान न्यायधीस एवम प्रमुख प्रतिपक्षी दलका नेताहरु उपस्थित हुने छन् ।

Loading...