माघ १६ गते हुने खबरदारी सभामा सहभागी हुन नेवार अग्रजले गरे यस्तो आग्रह

माघ १२,काठमाडौँ । नेवाःजातीका पहिचान पक्षधर तथा आन्दोलनमा आबद्ध रहेका नेता कार्यकताृले यही माघ १६ गते बिहिवार ३ बजे इन्द्रचोक ( वंघ )मा शहिदले देखेका सपना राज्यले पुरा भन्दै वृहत खबदारी सभा गरिने भएको छ ।

बि स १९९४ मा पहिलो पटक सहिदहरुले सार्बोजनिक रुपमा उभिएर संघर्षको आह्वान गरेको स्थान इद्रचोकमा भेला हुन आग्रह गर्दै पहिन आन्दोलनलाइ लिएर शनिबार भएको उक्त बिचार गोष्ठीमा आआफ्नो विचार राखेका सबै नेवाः अग्रज नेताले एकमत भएर उभिदीन सबैमा आग्रह गरेका हुन् ।

नेवाःअग्रज नेता तिर्थ राम डंगोलले नेवार जाति सबै एक धिक्का भएर आगाडी नबढे सम्म जातीय अघिकार सुनिश्चित हुन नसक्ने भन्दै सबै एकमत एक ढिका भएर उभिनु पर्ने आग्रह गर्दै माघ १६ गते इद्रचोकमा भेला हुन आग्रह गर्नुभयो । यसैगरि अर्का अग्रज नेता मल्ल के. सुन्दले पहिचान आन्दोलन ढिलै भएपनि सफल भएको अनेक उधाहरण रहेको भन्दै आवको यो आन्दोलनलाइ नयाँ ढंग अनुशार संघर्षको आवश्यकता रहेको बिचार व्यक्त गर्नु भयो ।

कार्येक्रममा नेवाः अग्रज मध्यका राजेन्द्र श्रेष्ठले नेवार जातिले जातीय अधकारको लागि संघर्ष बाहेक अन्य कुनै बिकल्प नभएको बताउदै माघ १६ गते हुने सभामा सहभागी भइदिन सबैमा आग्रह गर्नु भयो ।

विचार गोष्ठीमा दिलिप महर्जन लगाएतले पहिचानको पक्षमा शसक्त आन्दोलन गर्नुपर्ने भनाइ राखेका थिए ।

Loading...