सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं ८ माघ । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व भएकाले सो दिन सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय : सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित) 2

Loading...