नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्डमा को को हुदै छ सम्मानित ?

माघ ८ ,काठमाडौँ । संसार क्रियसनकाे आयाेजनामा माघ १० गते शुक्रवार प्रज्ञा भवनमा नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्ड फाइनल ईभेन्टस हुने भएको छ । ईभेन्टसकाे बारेमा जानकारी गराउने बारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तैयारी पुरा भएको आयोजकले बताएको छ ।
आयोजक सस्थाका संयोजक स्वतन्त्र संसार महर्जनले ७ सदस्य निर्णायक मण्डल हुने गरि अनलाइन भोटिङ्ग र एसएमएस भोटिङ्गबात पनि मतलाइ लिएर सर्वाेत्कृष्ट छनौट गरिने जानकारी दिदै कलाकारलाइ प्रोत्साहन स्वरूप पब्लिक च्वाइस अवार्ड , पपुलर अवार्ड, जुरि अवार्डबात समेत सम्मान गरिने जानकारी दिनुभयो ।


नेपालभाषामा निर्मित चलचित्र क्षेत्रमा सर्वाधिक धेरै विधामा अवार्ड दिनलागीएको यो पहिलो इभेन्टमा २५ भन्दा बढी विधामा अवार्ड प्रदान गरिनका साथै संसार लाइफ टाइम एचिभमेन्ट अवार्ड जनसंगीत श्रृष्टा अमरराज शर्मा राजाेपाध्यायलाइ प्रदान गरिने भएको छ । संसार सप्तरंगी सम्मान कलाकार तथा निर्देशक पवन जोशी, बरिष्ठ संगीतकःमि मनराजा नकःमि, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे, प्रथम नेपालभाषाा चलचित्रका नायक जय महर्जन, राजमति चलचित्रकि नायिका हिसिला महर्जन, वरिष्ठ गायक जुजुकाजी रंजित र मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठलाइ प्रदान गरिने भएको छ । 

Loading...