बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो ।

खराब मौसमका कारण बीचमा स्थगित गरिएको प्रतियोगिता सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका सदस्य सचिव प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा प्रतियोगितामा ४८ वटा इभेन्टमा २ सय ५८ वटा पदकका लागि विद्यार्थीहरुले सहभागिता जनाउने बस्नेतले जानकारी दिए ।

नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

Loading...