सेञ्चुरी बैंकले गर्यो बालबालिकाहरुका लागि न्यानो कपडा वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बैंकले कपडा वितरण गरेको हो ।

बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

Loading...