करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग (सूचनासहित)

काठमाडौं । मंसिरमा हुने प्रदेश र केन्द्र चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग गरेको छ । आज एक सुचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यति ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा निर्वाचन अवधिभर ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको जनाएको छ । मंगलबारदेखि आगामी असोज ३० गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने बताइएको छ ।

 

दरखास्त दिन १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको उमेर हद तोकिएको छ भने उपत्यकाका प्रहरी परिसर तथा जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

म्यादी प्रहरीले प्रहरी जवान सरह आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् भने निर्वाचनमा खटिएका म्यादी प्रहरीको मृत्यु भएमा आश्रित परिवारलाई १५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराइने भनिएको छ ।

हेर्नुस् सूचना

Loading...