गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ को मृत्यु, २ प्रहरी घाइते

काठमाडौं । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् ।

घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो ।

प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए ।

मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।

Loading...